खोटाङ,जेठ ३ । खोटाङको जन्तेढुंगा गाउँपालिका नेपाली काँग्रेसका समाजसेवी युवा नेता दिलिप राइले आफ्नो जन्म दिनको अवसरमा स्टेशनरी सामग्री वितरण गर्नु भएको छ ।
आज शनिबार जन्तेढुंगा गाउँपालिका ६ निवासी राई सोही ठाउँमा रहेको पृथ्वी आधारभूत विद्यालय बांबलका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गर्नु भएको हो ।
उहाँले स्वर्गीय बुवा पृथ्वी बहादुर राईको सम्झनामा डट कपी लगायतका शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो । जन्मदिनमा पाटी भोज गरेर गरिने फर्जुल खर्चलाई सामाजिक कर्म गर्दै उक्त सामग्री वितरण गरेको राईले बताउनुभयो ।