बराहपोखरी गाउँपालिका ४ फाक्टाङको वडा कार्यालय भवन शिलान्यास
मिती: 2025-04-25
खोटाङ बैशाख १२ । खोटाङको बराहपोखरी गाउँपालिका ४ फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । आज शुक्रबार वडा अध्यक्ष सन्तोष आचार्यसहित पालिका अध्यक्ष शालिकराम बन्जाराको उपस्थितिमा फाक्टाङ वडा कार्यालय भवनको शिलान्यास गरिएको हो ।
उक्त भवन निमार्णका लागि बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
उपभोक्ता समिति मार्फत निमार्ण गरिने भवन आगामी असार १० गतेभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष आर्चायले बताउनुभयो । पालिकाले छुट्टाएको ५३ लाख र उपभोक्ता समितिको ५ लाख गरेर कुल ५८ लाख भन्दा बढीको लागतमा भवन निमार्ण गरिने छ ।
निमार्ण गर्न लागिएको १ तले भवनमा एउटा बैठक हलसहित ४ वटा कोठा रहने छन् । यस्तै ट्वाइलेट तथा बाथरुम समेत रहने बताइएको छ ।
पुरानो भवनबाट सेवा प्रदान गर्न असहज भइराखेकाले नयाँ भवन निमार्ण सम्पन्न भए पश्चात सेवा प्रवाहमा थप सहज हुने विश्वास रहेको छ ।
जग्गा प्रक्रियामा केहि ढिलाइ भएकाले भवन निमार्णमा समेत ढिलाइ भएको वडाध्यक्ष आर्चायले बताउनुभयो । जनताको काम गर्न आफू सधैभर सक्रिय लागि परेको उहाँको भनाइ रहेको छ ।
वडा कार्यालय भवन निर्माणका लागि सोही वडा निवासी नईन्द्र राई र श्रीमती अमृता राईले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।
भवन शिलान्यास कार्यक्रममा पालिका अध्यक्ष बन्जरा, वडा अध्यक्ष आर्चाय, पालिकाका कर्मचारीहरु तथा वडाबासीहरुको उपस्थित रहेको थियो ।
We may use cookies or any other tracking technologies when you visit our website, including any other media form, mobile website, or mobile application related or connect... Read more about cookies