खोटाङमा दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि काठमाडौं रेफर

मिती: 2025-02-25
news-banner
फागुन १३, खोटाङ । खोटाङमा दुर्घटनामा घाइते भएका २ जनालाई नै थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।  आज मंगलबार बिहान जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथला नजिकै पानीट्याङ्की अगाडी मध्यपहाडी लोकमार्गमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेकालाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि थप उपचारका काठमाडौं रेफर गरिएको हो । 

उनीहरुको अवस्था भने मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनुभयो । 

बाइकमा सवार रहेका पाथेकाका मदन गिरी र पछाडी बस्ने सोही ठाउँका लक्ष्मी प्रसाद गिरी विपरीत दिशाबाट आउदै गरेको ना १ ज ६२१९ नम्बरको सुमोसँग ठोकिदा दुर्घटनामा परेका थिए । 

उक्त दुर्घटनामा सुमोमा सवार रहेकालाई  पनि नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बाइक र सुमोलाई भने सामान्य क्षति पुगेको जनाइएको छ ।
 
बिजुले जादै गरेको बाइक र दिक्तेल आउनै गरेको सुमो एक आपसमा ठोकिएका हुन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस