खोटाङको बराहपोखरी गाउँपालिकाले गर्यो किसानलाई हाते ट्याक्टर वितरण

मिती: 2025-03-10
news-banner
फागुन २६, खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले विनियोजन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत ५० प्रतिशत अनुदानमा २२ वटा हाते ट्याक्तर वितरण गरेको हो  । किसानको ५० प्रतिशत र पालिकाको ५० प्रतिशत लगानीमा खरिद गरेर उक्त ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख द्रोणराज रेग्मीले बताउनुभयो  । 
पालिकाले यस वर्ष ट्याक्टर खरिदका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँको भनाइ छ  ।

पालिकाका ६ वटै वडाका व्यक्ति, समूह तथा कृषि फर्मले दिइएको निवेदनका आधारमा छनोट गरेर ट्याक्टर वितरण गरिएको हो । 

५० प्रतिशत छुटमा किसानले उक्त ट्याक्टरलाई ४० रुपैयाँ तिरेको जनाइएको छ । विशेष गरेर टार बारी हुनेहरुले भने यस ट्याक्टरले जोत्नका लागि सजिलो हुने प्रतिक्रिया दिएका छन् ।


प्रतिकृया दिनुहोस