खोटाङको बराहपोखरीमा २ जना मृत्य फेला, अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थल जाँदै

मिती: 2025-02-26
news-banner
फागुन १४, खोटाङ । खोटाङ जिल्लाको बराहपोखरीमा २ जना मृत्य अवस्थामा फेला परेका छन् । बराहपोखरी गाउँपालिका १ डाडाखर्कका एक महिला र एक पुरुष मृत्य अवस्थामा भेटिएका छन् । 
डाडाखर्कका २२/२३ वर्षका महिला सरिता विष्ट बस्नेत र सोही ठाउँका १९/२० वर्षका शिखर बस्नेत मृत्यक अवस्थामा आज बुधबार बिहान फेला परेको वडा अध्यक्ष ढक बहादुर कार्कीले बताउनुभयो । 

उनीहरु हिजै नै घाँस काट्न भनेर स्थानीय दारेगौडा जंगलमा गएका थिए । मृत्यक महिलाको २ वर्षिया छोरी रहेकी छिन भने पुरुष भने अविवाहित रहेको खुल्न आएको छ ।

उनीहरुमा नातामा मामाको बुहारी र भान्जा पर्ने वडाध्यक्ष कार्कीले बताउनुभयो । महिलाको घाँटीमा हत्या गरेको जस्तो देखिएको छ । 

उनीहरु २५/३० मिटरको अन्तरमा मृत्य अवस्थामा रहेका छन् । हाल जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिक विष्टको टोली घटनास्थल जादै गरेको जानकारी प्राप्त भएको छ । 

घटना भएको ठाउँमा प्रहरी चौकी बराहपोखरी, इलाका प्रहरी कार्यालय तथा खोटाङ बजारबाट गएको प्रहरीको टोली निग्रानी गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
- सांकेतिक तस्बिर 

प्रतिकृया दिनुहोस