खोटाङमा सुमो दुर्घटना, एक गम्भीर घाईते

मिती: 2024-12-25
news-banner
पुस, १० खोटाङ । खोटाङमा सुमो दुर्घटना हुँदा एक जना गम्भीर घाईते भएका छन् । 

केपिलासगढी गाउँपालिका–३ बासपानीको राटीमा बुधबार दिउँसो सुमो दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका हुन् ।  
काठमाण्डौंबाट बाक्सिला जाँदै गरेको गाडीलाई बासले छेक्दा चालकले गाडी गिएरमा राखेर बास पन्छाउन खोज्दा गाडी आफै पछाडी झरेको बताईएको छ । 

ना.१ ज ७१८१ नम्बरको सुमो करिब ५ सय मिटर लडेर झरेको स्थानीयले बताएका छन् ।  उक्त सुमोमा सवार रहेका फेदीका दुर्गा प्रसाद राई गम्भीर घाइते भएका छन् ।

राईलाई प्राथमिक उपचार पछि थम उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । चालक भने घटनास्थलबाट फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस