खोटाङ, मंसिर २८ गते । खोटाङको सुन्तले युवा बचत समूहले गाउँघर सरसफाइ अभियान सुरु गरेको छ । जिल्लाको बराहपोखरी गाउँपालिका २ सुन्तले युवा बचत समूहले गाउँघर सरसफाइ अभियान सुरु गरेको हो । आज शुक्रबारबाट उक्त अभियानको थालनी गरिएको हो ।
सुन्तले युवा बचत समूहले १० वटा, समाजसेवी तथा बुद्धिजीवि ढक बहादुर राना मगरको तर्फबाट ५ वटा फोहोर राख्ने डस्विन र २ वटा बोर्ड राखिएको समूहका सचिव डिल्ली नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आजदेखी सुरुवात भएको सो कार्यको थालनी निरन्तर रुपमा गरिने बताइएको छ ।
सुन्तलेका वडा सदस्य घनश्याम थापा मगर, समाजसेवी फडिराज तिम्सिना, शिक्षक युवराज चौलागाइँ, पालिकाका कर्मचारी तथा समाजसेवी नवराज बन्जारा (आशिष) र निर बहादुर मगर एवं समूहका पदाधिकारीसहितको टोली सरसफाइ अभियानमा लागेको सचिव श्रेष्ठले बताउनुभयो ।
घर गाउँ टोल सफा राखौं, आफू स्वस्थ्य बनौं भन्ने नाराका साथमा उक्त समूहले सरसफाइ गरेको हो । समूहको एउटा बोर्ड ज्यू मा.वि सुन्तलेको छेउमा र अर्को माकापु सिरान डुम्री डाँडामा राखिएको छ ।