वडा अध्यक्ष सागर राईद्धारा स्थानिय विपन्न र असाय बृद्धहरुको उद्दार र सहयोग

मिती: 2024-11-27
news-banner
खोटाङ १२ । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष सागर राईले स्थानिय विपन्न र असाय बृद्धहरुको उद्दार र सहयोग गर्न सुरु गर्नु भएको छ । 
जन्तेढुङ्गा गा.पा.–६, खानिगैरा बस्ने बर्ष ६९ को एकल, अविवाहित र असाय बृद्ध सृष्टि राईको झुपडि घरैमा पुगि सहयोग गनुभएको हो । सहयोग गर्ने क्रममा बृद्धको सरसफाई गर्नुका साथै न्यानो कपडा र जुत्ता किन्दिनु भएको थियो । हाल सम्म नागरिकतको प्रमाणपत्र नरहेको र अहिले सम्म कुनै किसिमको सेवा सुविधा प्राप्त नगरेको बृद्धलाई नागरिकताका साथै सेवा सुबिधाको लागी सहयोग गर्र्ने प्रतिबद्धता वडा अध्यक्ष राईले ब्यक्त गर्नु भएको छ । 

प्रतिकृया दिनुहोस