खोटाङ, मंसिर १२ गते । खोटाङको दक्षिणी भेग चिसापानी बंशिलाघाट बस सेवा सूचारु भएको छ ।
जिल्लाको जन्तेढुंगा गाउँपालिका ५ चिसापानीदेखी उदयपुर जोड्ने सुनकोसी नदी स्थित बंशिलाघाटसम्म बस सेवा सूचारु भएको हो ।
खोटाङ यातायात प्रा.लिको बा४ख ६०३ नम्बरको बसले मंगलबारदेखी चिसापानी बंशिलाघाट सेवा सुरु गरेको हो ।
बंशिलाघाटबाट कोशी तरेर उदयपुरको बेल्टार हुँदै पुर्वी सहर सहित काठमाण्डौं जाने यात्रुहरुले उक्त बसको सेवा लिन पाउने बताइएको छ ।
चिसापानी बजारबाट बिहान ७ बजे छुट्ने गाडीले ३ सय ५० रुपैयाँमा बंशिलाघाट पुगिने खोटाङ यातायात प्रा.लिले जनाएको छ ।
यस अघि उक्त बस खोटाङ बजारबाट उदयपुरको गाइघाट हुँदै सिन्धुली, खुर्कोट काठमाण्डौं सञ्चालन गरिएको थियो ।
उक्त बसलाई बंशिलाघाटमा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयले फुलमालाले स्वागत गरेका थिए ।
बस सेवा सञ्चालनमा आएसँगै स्थानीयले खुसीयाली व्यक्त गरेका छन् ।