तिन गंगा मध्य एक गंगा खोटाङको दिप्लुङको भानुमति उत्तरबाहिनी गंगामा भब्य मेला लाग्दै

मिती: 2024-11-25
news-banner
खोटाङ, मंसिर १० । बाग्मती, विष्णुमति, भानुमति तिन गंगा मध्य एक गंगा खोटाङ जिल्लाको दक्षिण भेग जन्तेढुङ्गा गाउपालिका–६, दिप्लुङमा भानुमति उत्तरबाहिनी गंगा मन्दिर रहेको छ । सो मन्दिर बर्षमा एक पटक मंसिर महिनाको बालाचतुर्थिको दिन भब्य मेला लाग्ने गरेको छ । 
श्री कृष्ण भगवान हिमालीक्षेत्रबाट गाई चराउदै फर्कने क्रममा गाई तिर्खाई पानी खोजी भौतारिरहेको बेलामा श्री कृष्ण भगवानले सुर्यको आराधना गरी पानी खोर्सीने क्रममा उत्तर दिसाबाट पानी उत्पन्न भई गाईलाई पानी ख्याई आफ्नो बास स्थान लाग्नु भएको थियो साथै उहाँले बाग्मती, विष्णुमति र भानुमति मध्य एक गंगा तिमी भानुमति उत्तरबाहिनी गंगा हौ भनी स्थापना गर्नु भएको थियो भन्ने किबदन्ति रहेको छ । यस पवित्र तिर्थ स्थलको सिरमा गाईको स्वरुपको सिलाको मुखबाट पानी झर्ने गरेको तर सन् १९९० सालको भुकप्पको क्षेतीले गर्दा हाल पुरिएको अवस्थामा रहेको स्थानीय बुढापाका बताउनु हुन्छ । 
भारतको कासी गयाजिको पुजारीले यति टाढा कासि किन आउनु हुन्छ तपाईहरु नेपाल मै भानुमति उत्तरबाहिनी गंगा पवित्र तिर्थ स्थल छदैछनी भनी भन्ने गरेको स्थानीय बताउनु हुन्छ । 
यहाँ दर्शन गर्न आउदा परेवा उडाउने, पुजा पाठ गराउने, फलफुल चढाउने गरिन्छ भने विशेष गरि बालाचतुर्थीको दिन रुद्रि पुजा आराधना गर्ने गरिन्छ । यहाँ पुजा तथा भाकल गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने, ब्यापार ब्यबसाय सफल हुने, दश ग्रह सान्त हुने, रोग निको हुने जनविश्वास रहेको छ । यहाँ विशेष गरी खोटाङ, उदयपुर, ओखल्ढुङ्गा र भोजपुरबाट पुजा आजा र मेलामा सहभागी हुने गरेको छ ।
यस धर्म स्थलको संरक्षण, उचित ब्यबस्थान र प्रचार प्रसारको कमिले गर्दा ओझेलमा परेको भानुमति उत्तरबाहिनी गंगा संरक्षण समितिको अध्यक्ष दिलिप राई ज्यु बताउनु हुन्छ साथै यहि मति २०८१ साल मंसिर १४ र १५ गते बालाचतुर्थीको दिन यस भानुमति उत्तरबाहिनी गंगाको मेलामा सम्पुर्ण श्रद्धालु भक्तजन महानुभावहरुलाई सहभागी भई भगवानको आर्शिवाद लिई आफ्नो मनोकामना पुरा गनुहोस् र मेलालाई सफल पार्न सहयोग गनुहोला भन्ने आग्रह पनि गर्नु भयो ।  

प्रतिकृया दिनुहोस