खोटाङ, कार्तिक २४ । बराहपोखरी गाउँपालिका खोटाङले हरिवोधनी एकादशी मेलामा बेलामा २ दिन स्थानीय विदा दिने भएको छ ।
जिल्लाको बराहपोखरी गाउँपालिका वडा नम्बर १ मा अवस्थित पोखरीमा मेला लाग्ने भएकाले २६ र २७ गते स्थानीय विदा दिने भएको हो ।
हरेक वर्ष हरिवोधनी एकादशीको दिन ठुलो मेला लाग्ने गरेको यस पोखरीमा विश्वमै लोपोन्मुख मानिएको रातो माछा पाइनु प्रमुख विशेषता हो ।
कार्तिक १३ गतेको कार्यपाालिकाको निर्णय अनुसार पालिका भरका सम्पूर्ण कार्यालयहरु बन्द रहने गरी २६ र २७ गते विदा दिन लागिएको पालिकाले जनाएको छ ।
बराहपोखरीसहित छिमेकी पालिकाहरुले उक्त बेलामा विदा दिने गरेका छन् ।
गत वर्ष धार्मिक प्रचार प्रसारको लागि बराहपोखरी महोत्वस समेत गरेको पालिकाले यस वर्ष भने उक्त महोत्वसलाई भने निरन्तरता दिएको छैन् ।
बराहपोखरीमा लाग्ने उक्त मेलामा शंखेश्वरी महादेवको दर्शन गर्न छिमेकी जिल्ला भोजपुर, ओखलढुंगा, उदयपुर, सिराहा, सप्तरी लगायत भारतको विहारबाट समेत भक्तजनहरु आउने गर्छन् ।